जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच भएको सहमति स्वयम् ठाकुरले भङ्ग गरेको यादव पक्षले आरोप लगाएको छ । दुई अध्यक्षबीच भएको सहमतिको उल्लघंन गरी पार्टी विभाजनको दिशामा अगाडि बढेको उनीहरुले ठहर गरेका हुन् । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच जेठ ४ गते सहमति भइ ८ बुँदे संयुक्त विज्ञप्ति…