राष्ट्रपति र भियतनामका उपराष्ट्रपतिले शिष्टाचार भेट

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए। यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता…