प्रधानमन्त्रीले माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्। माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शैय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गरेका हुन्। आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल संघीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए। साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको…