कुलिङ पिरियडको छानबिन समितिको पहिलो बैठक बस्याे

काठमाडौं, संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको पहिलो बैठक बसेको छ ।सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरेका थिए । उक्त समितिलाई २१ दिनको कार्यअवधि दिइएको छ । सोही अनुसार आज समितिको पहिलो बैठक बसेको हो । समितिले प्रतिवेदन तयार गरेर गडबडीबारे…