शनिबारको अँध्यारो हटेर शुक्रबारको उज्यालो बिहान आउन भ्याइसकेको थिएन । काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको योद्धा पिकअप बिपी राजमार्गबाट ५०० मिटर तल खस्यो । पिकअप मात्रै खसेन, सँगै बजारिए पिकअपका यात्रु । यो घटना बिपी राजमार्गअन्तर्गत रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शीतलपाटीको हो । जहाँ बा.प्र.०१–०२४ च ९९१३ नम्बरको पिकअप दुर्घटनामा एक जनाको घटनास्थलमा नै ज्यान गयो,…