जनकपुरधाम, सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षकी उषा देवी कर्णको हत्या गरेका हुन् । सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार आइतबार राति घरायसी विवादका कारण मसला पिस्ने…