बिमलेशको छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या

महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने बिमलेश यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यादवको शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै केटी साथी संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । शनिबार राति ९ बजेर…