काठमाडौं, संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन्। सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै निकास निस्कन सकेको छैन। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासिया पनि सहभागी रहेका छन्। हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे…