काठमाडौं, अवकाशप्राप्त प्रहरी कर्मचारीले पाउने निवृत्तिभरण समेत रोक्न सकिने गरी प्रहरीको नयाँ विधेयकको मस्यौदा तयार भएको छ । विद्यमान प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा निवृत्तिभरण रोक्नेबारे उल्लेख गरिएको थिएन । जसकारण जस्तोसुकै कसुरमा अदालतबाट दोषी ठहर भए पनि अवकाशप्राप्त कर्मचारीले निवृत्तिभरण पाउँदै आएका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा…