काठमाडौँ,भर्खर सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको नतिजाबाट निकै उत्साहित भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट जनपरिचालनका विस्तृत कार्यक्रम ल्याउने भएको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले चुनावी नतिजाबारे रिपोर्टिङसहित प्रारम्भिक समीक्षा गरेको हो । निर्वाचनको नतिजा उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने…