भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका बिरामीलाई सेवा दिन सुरू

काठमाडौं, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)वीर अस्पतालले आजबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो । अस्पतालका निर्देशक डा.सन्तोष पौडेलका अनुसार आजबाट ‘जलन उपचार केन्द्र’ बाट सुरु गरिएको छ । जसमा १० जनरल बेड, ५ आइसियू र…