बाराको पर्सा राष्ट्रिय निकुञ्ज अमलेखगञ्जस्थित हात्तीसारमा कार्यरत सर्लाही, हरिपुर नगरपालिका–९ का अजयकुमार चौधरीको दैनिकी हात्तीसँगै जंगलमा बित्छ । बिहान ४ बजे हात्तीको लेडी (दिसा) सफा गर्ने, दाना हाल्ने, ९ बजेपछि खाना खाएर दिनभर हात्तीलाई जंगलमा चराउने चौधरीको दिनचर्या नै हो । साँझ फर्केपछि पर्यटकलाई जंगल घुमाउने, जंगलमा चोरी तस्करी घटना भए मध्यरातमा हात्तीसँगै गस्तीसमेत जानुपर्छ…