स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ पुनः मतदान ?

३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । आइतबार र सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका-१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान…