जनगणनामा कुलुङ जातीबारे एक बहस

(ढुङ्गामा पानी जमेको स्थानको नाम “कुलुङ”) : ‘माप्य’ नाम गरेको खालिङ किरातीहरूको पुर्खा साल्पा भञ्ज्याङ, पाँचपोखरी हुँदै तेङबोचे लागेछन् । सो क्रममा पाँचपोखरी भन्दा केही तल जङ्गलमा ढुङ्गामा खाल्डो परेको स्थानमा पानी जमेको देखेछ । ढुङ्गामा पानी जमेको देखेर माप्य पुर्खाले “कुः लुङ” भनेछ । खालिङ भाषामा “कु” को अर्थ पानी र “लुङ” को अर्थ…