प्रेस काउन्सिल नेपालले पत्रकारलाई इन्टरनेट जडान गर्न अनुदान दिने

काठमाडौं,प्रेस काउन्सिल नेपालले पत्रकारलाई इन्टरनेट जडान गर्दा २० हजार रुपैयाँसम्म अनुदान दिन सक्ने गरी नीतिगत व्यवस्था गरेको छ । पत्रकारिताको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यसहित मिडिया विकास कोषबाट यस्तो अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार यस्तो अनुदान अति दुर्गम क्षेत्र एवम् दलित, महिला, अल्पसङ्ख्यक समुदाय तथा अपाङ्गता भएर पत्रकारिता गरिरहेका, न्यून आय…