सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सुबास संगम राईको संयोजकत्वमा १३ सदस्यीय थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । गाउँपालिका अध्यक्ष असिम राइको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले सुबास संगम राईको संयोजकत्वमा समिति गठन गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान कार्यविधि २०८१ अनुसार पालिका भित्रको भाषा, साहित्य, संस्कृति तथा…