शनिबार लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्यालीमा हिंसा भड्कियो । यस र्यालीमा करिब डेढ लाख मानिसहरू सहभागी भएका थिए । प्रहरीका अनुसार ‘युनाइट द किंगडम’ नाममा आयोजना गरिएको यस र्यालीमा केही मानिसहरूले प्रहरीमाथि बोतल र अरु सामान प्रहार गरेका थिए । यी आक्रमणमा २६ जना प्रहरी घाइते भएका छन् । तीमध्ये चार…