कञ्चनपुरमा २५ घर डुबानमा,शारदा ब्यारेजमा गाडी चलाउन रोक

लगातारको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जोगबुढा नदीको पानी बस्तिमा पस्दा दोधाराचाँदनी नगरपालिका– ८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराकाअनुसार घर डुबानमा परेपछि ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा लगेर राखिएको छ । वडा नम्बर ११ मा…