कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । आइतबार बिहान उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् । केही दिनअघि उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । दुई शीर्ष नेतासँगको भेटमा प्रदेशका मन्त्री फेरबदलका विषयमा छलफल भएको थियो । यद्यपि मुख्यमन्त्री कार्कीले समग्र परिस्थितिको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको…