स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेदवार मनोनयन गर्ने

काठमाडौं, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि चैत ६ गतेदेखि राजनीतिक दल दर्ता गर्ने र वैशाख २ गते उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो। आयोगको पूर्ण बैठकबाट निर्वाचन कार्यक्रम पारित भएपछि…