काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न गरेकी छन् । पूर्वमन्त्री अर्यालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली…