काठमाडौं, अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ भने २८ जनाको जीवितै उद्बार गरिएको छ। कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन्। विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य…