काठमाडौँ, काठमाडौँको सुन्धारास्थित धरहरा टपरी मस्मलाई २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मस्ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार…