काठमाडौं, नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ पनि घटेको छ ।…