काठमाडौँ, लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबुलकार परियोजनाको लगानी स्वीकृति गर्दै विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटीरनयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केबुलकार निर्माणका लागि लगानी स्वीकृत भएको…