१४ असार, काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरु आज राती देखि सुरु हुँदैछ । समूह चरणका ७२ खेलपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागिसकेको छ र अब नकआउट चरणको खेलहरु हुनेछ । अहिलेसम्मकै ठुलो विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट ३२ टोली अगाडि बढ्दा १६ टोली समूह चरणबाटै बाहिरिए…