बेथानचोक गाउँपालिका वडा नम्वर १ र २ को सिमानामा पर्ने ग्वा भञ्ज्याङ् र आसपासको क्षेत्रको जङ्गलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणको प्रयास भएको छ । सो स्थानको सेती भिर क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रणको लागि गृह मन्त्रालयमार्फत सिम्रिक एयरको हेलिकप्टरमा पानी बोकेर नियन्त्रणको प्रयास थालिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।…