काठमाडौं, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी छन्। बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनी पुगेकी राणा त्यहाँबाट सिधै भारत प्रस्थान गरेकी हुन्। जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसङ्ख्यकको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन्। दिल्लीमा उनलाई नेपाली राजदूतावासका अधिकारीसँगै भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए। परराष्ट्र…