राप्रपाको प्रदर्शनमा संयुक्त आन्दोलन समिति झन्डासहित सहभागी हुने

काठमाडौँ, राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ । समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने उल्लेख थियाे । गुरुङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनका लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान समेत गरेका छन्…