जंगली बँदेल मार्न थापेको धरापमा परेर एक महिलाको ज्यान गयाे

खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो । स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया…