काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना पीडादायक भएको बताएका छन् । सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो अनुभूति राख्ने क्रममा राज्यले दिएको पीडा सम्झिँदा पनि पिडादायक रहेको बताएका हुन् । चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको, हिरासतमा…