सोलुखुम्बु । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट खटिने कर्मचारीको नामावलि प्रकाशन गरिएको छ । मूख्य निर्वाचन अधिकृत कार्यालय सोलुखुम्बुले आज एक सूचना जारी गर्दै विभिन्न स्थानिय तहमा खटिने कर्मचारीको नामावलि प्रकाशन गरेको हो । सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतिका अनुसार जिल्लाको केन्द्रहरुमा खटिने मतदान अधिकृत, सहायक मतदान…