काठमाडौँ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साता लामो चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी यही जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ । जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ’, भण्डारीको सचिवालयले रातोपाटीसँग भन्यो, ‘कति सदस्यीय टोली…