काठमाडौं, प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले करोडौं पैसा उठाउने नियत राखेर सत्तारुढ दलले उपसभामुख हटाउने तयारी गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका सांसद सिंहले जेठ महिनाभित्रै उपसभामुखलाई हटाउने र आफ्नो मान्छेलाई नियुक्त गर्ने खेलमा कांग्रेस लागेको बताए । उपसभामुख हटाउने खेल संवैधानिक निकायहरूमा नियुक्तिको स्वार्थसहित खेल्न लागिएको उनले आरोप लगाए…