बुटवलमा सुन पसल चोरी गरेर फरार रहेका तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ स्थित बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेर तीनजनालाई आज जिल्ला प्रहरी कार्यालय भैरहवाले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा भारत जौहरी मोहल्ला…