विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको छ। वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा सङ्क्रमित भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत थिए। “विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८…