काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो काण्डमा विवादित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलको लागि बोलाएको छ । आयोगका एक अधिकारीका अनुसार उनलाई भोलिसम्म अख्तियार हाजिर हुन बोलाइएको हो । यद्यपि अख्तियारले यसलाई आधिकारिक पुष्टि भनेको गरेको छैन । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बोलाउनु ठुलो विषय नभएको बताए । ‘बोलाएको हुनसक्छ तर कहिले, कुन मितिमा बोलायो…