नक्कली भ्याट बिल कारोबारमा विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीलाई पक्राउ गरी कारागार चलान गरिएपछि विराटनगरको व्यापारिक वृत्तमा भूकम्प आएको छ । बियानीलाई १ अर्ब ३१ करोड बिगो जरिबाना तोक्दै आन्तरिक राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय विराटनगरले असार १६ गते पक्राउ गरेको थियो । यो प्रकरण एक व्यक्ति वा एक फर्ममा मात्र सीमित नहुने स्रोतले…