काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोग गर्न नपाइने भएको छ । अध्यागमन कार्यालयका अनुसार विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको हो। नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीका लागि लागू हुने छ। अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा…