सैद्धान्तिक छलफलपछि विधेयकमाथि दफावार छलफल

काठमाडौं, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले निजामती विधेयकमाथि छलफल चलाउँदैछ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको यो विधेयकमाथि दफावार छलफल अगाडि बढाउन लागिएको हो । आज संघीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफल छ । सैद्धान्तिक छलफलपछि विधेयकमाथि दफावार छलफलको बाटो खुला हुनेछ । संसद् सचिवालयकाअनुसार विधेयकमा १६ वटा समूहमा ४३ जना सांसदले…