जनकपुर, एक महिनापछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ। प्रमुख प्रतिपक्षका सांसदले अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबार सम्मका लागि स्थगित गरेका हुन्। जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांसद रामअसिश यादवले प्रदेश सभामा पेश गरिएको २०८२/०८३ को बजेट वक्तव्यमा ४६१ पाना…