चितुवाको आक्रमणबाट ६ जना घाइते

बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार विहान चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका –४ खैलार गाउँनजिक चितुवाको आक्रमणबाट झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको प्रहरीले जनाएको छ। बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिबार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको र उनलाई बचाउन जाँदा…