काठमाडौँ, सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर प्रस्तावितभन्दा बढाएर तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साना सवारीको दस्तुर घटाएर ठुलाको बढाएको हो । सडक बोर्डले वैज्ञानिक अध्ययनमा आधारित रहेर शुल्क निर्धारण गरिएकाले सुरुङमार्ग प्रयोग गर्दा ७० प्रतिशतसम्म खर्च बचत हुने दाबी गरेको छ । जसअनुसार काररभ्यानहरू काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तोकिएको…