सोलुको ४ स्वास्थ्य संस्था मापदण्ड विपरीत सञ्चालित, स्वास्थ्यले काट्यो पत्र

सोलुखुम्बुको चार वटा स्वास्थ्य संस्थाले मापदण्ड विपरीत स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गत सोमबार गरेको स्वास्थ्य संस्था अनुगमनको क्रममा जिल्ला सदरमुकाम आसपासमा सञ्चालित ४ वटा स्वास्थ्य संस्थाले मापदण्ड नै पुरा नगरी सञ्चालन गरेको पाइएको हो । मापदण्ड पुरा नगर्ने स्वास्थ्य संस्थाहरुमा नेले सामुदायिक परोपकारी संस्था नेले, सोलु सामुदायिक अस्पताल…