धनगढीका विजयेन्द्रसिंह रावतसँग आज वैवाहिक बन्धनमा बाँधिन लागेकी अभिनेत्री श्वेता खड्काले हिँजाे सामाजिक संजालमा लेखेकाे भावकु पत्रले धेरैकाे मनमा केही रमाइला पिरहरूकाे बास गर्याे। वैवाहिक कार्यक्रम विहानैदेखि बूढानीलकण्ठस्थित गोकर्ण फरेष्ट रिसोर्टमा सुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि श्वेताले अर्को विवाह गर्न लागेकी हुन्। उनीहरू दुई वर्षदेखिको प्रेम सम्बन्धलाई प्रेम सम्बन्धमा थिए।…