कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई महासंघले निर्देशन

काठमाडौं, नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएका हुन्। काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी…