सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन्। शिक्षामन्त्री विद्या भट्टराईको जिल्लाका कास्कीका ३५ शिक्षकले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका हुन्। २०७५ चैत ४ गतेपछि स्थायी भएका शिक्षकले अध्यादेशमा सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै राजीनामा दिएका छन्। अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था…