काठमाडौँ, कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै सङ्क्रमणको दर तीव्र बढ्दैछ । त्यस्तोमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि सङ्क्रमण बढ्दो छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू मध्ये अहिले १ हजार ३८ जना आइसोलेसनमा छन् । कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर सुरु भएसँगै सबै सुरक्षा निकायले पूर्व सावधानी अपनाउन आन्तरिक सर्कुलर गरेका छन्…