काठमाडौं, बरिष्ठ साहित्यकार एवम गीतकार गणेश रसिकको निधन भएको छ। ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको उनी निकट संचारकर्मी राजकुमार दाहालले जानकारी दिए। ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए। रसिककी छोरी बेलायतबाट भोलि(सोमबार)नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ। अहिले उनको शव टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ। भोजपुर, छिनामखुमा २००४ सालमा…