काठमाडौं, नेकपा एमालेमा अहिले छटपटी छ। पार्टी दुई कित्तामा विभाजित छ। एकातिर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षधर र अर्कातिर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर नेताहरु आ-आफ्नो एजेण्डालाई पार्टीमा लागू गराउन लागिपरेका छन्। आगामी भदौमा पार्टीको विधान महाधिवेशन हुँदैछ। २० देखि २२ भदौमा हुने विधान महाधिवेशनबाट पारित हुने विधानमा आफ्ना एजेण्डा लागू गराउन दुवै…